उपाधि नजिक पुग्न अर्जेन्टिना र क्रोएसिया आज भिड्दै
काठमाडाैं | मंसिर २७, २०७९
काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधि नजिक पुग्न आज अर्जेन्टिना र क्रोएसिया पहिलो सेमिफाइनल खेल्दैछ ।
कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसियाबीच राति १२ः४५ बजे सुरु हुनेछ । अर्जेन्टिनाका लागि लियोनल मेस्सीले र क्रोएसियाका लागि लुका मोड्रिचले कप्तानी सम्हाल्नेछन् ।
अर्जेन्टिनाले यसअघि क्रोएसियासँग पाँच पटक भिडिसकेको छ । अर्जेन्टिना यसपटकपनि क्रोएसियालाई पारजित गर्दै विश्वकपको फाइनल पुग्ने योजनामा रहेको छ । अर्जेन्टिनाले यसअघि दुई पटक विश्वकप जितिसकेको छ ।
सन् २०१८ मा उपविजेता बनेको क्रोएसियाले यसपटक विश्वकपको उचाल्ने योजनामा छ । अहिलेसम्म क्रोएसियाले विश्वकप उपाधि जित्न सकेको छैन ।
यसअघि समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

